Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • वृक्षारोपणलाई व्यापकता दिईने
वृक्षारोपणलाई व्यापकता दिईने
admin123
admin123 बुधबार, साउन २, २०७५
37161001_10216495001876744_6143577067658149888_n
Hardik health
बाँके/बाँके जिल्लाको सबैभन्दा हरियाली बनजँगल भएको क्षेत्र राप्तीसोनारीमा छ भने सबै भन्दा कम बन क्षेत्र जानकि गाउँपालिकामा छ । जिल्ला बन कार्यालय बाँकेको तथ्याँक अनुसार, नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिका पनि बन कम भएको क्षेत्र हो । यो अवस्थालाई महसुस गर्दै जिल्ला बन कार्यालयले बन कम भएको क्षेत्रमा हरियाली प्रबद्र्धन गर्न बृक्षारोपणलाई व्यापकता दिने भएकोछ । जिल्ला बन कार्यालय बाँकेको आयोजना र बासको सहजिकरणमा असार ३० गते नेपालगञ्जमा आयोजित बृक्ष सुधार, बृक्षारोपण तथा निजी बन कार्यक्रमको बार्षिक सार्वजनिक सुनुवाई कार्र्यक्रममा हरियाली प्रबद्र्धन गर्नका लागि बृक्षारोपणलाई व्यापकता दिने प्रतिबद्धता जनाईएको हो । कार्यक्रमको अन्तमा जारी गरिएका अन्य प्रतिबद्धताहरुमा निजि बनलाई प्रबद्र्धन र व्यवस्थित गर्ने, नेपालगञ्जको सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा बृक्षारोपण व्यापक रुपमा गर्ने र बृक्ष सुधार, बक्षारोपण, तथा निजि बन कार्यक्रमलाई थप बिस्तार गर्ने रहेकाछन् । प्रतिबद्धताहरुमा जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेल, प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य मो. याकुव अन्सारी, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीबास्तव, निजि बन सरोकार सँघ नेपालका अध्यक्ष मोहन रिजाल, कम्दि बन क्षेत्र संरक्षण समन्वय समिति कम्दिका संयोजक कर्ण बहादुर बि.क.ले हस्ताक्षर गरेका छन् । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्वागत बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । बृक्ष सुधार, बक्षारोपण, तथा निजि बन कार्यक्रम अन्र्तगत यस आर्थिक बर्षमा भए, गरेका कार्यहरु बारे जिल्ला बन कार्यालय बाँकेका सहायक बन अधिकृत टेक नेपालीलले जानकारी गराएका थिए । कार्यक्रम अन्र्तगत यस आ.ब.मा निजि बन प्रबद्र्धनका बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सभासद मो. याकुव अन्सारीले हरियाली प्रबद्र्धन गर्नका लागि सबैले घर आगनमा बिरुवा रोप्नुपर्ने बताए । जब सबैले बिरुवा रोप्छन्, हरियाली आफै हुन्छ, त्यसका लागि सरकारले दुःख गर्नै पर्दैन—याकुवले भने । यसैगरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तवले बाँकेका धेरै बनहरुमा बन अतिक्रमण भईरहेको बताए । कार्यक्रममा निजि बन सरोकार सँघ नेपालका अध्यक्ष मोहन रिजालले निजि बन प्रबद्र्धनका लागि सरकारले बिभेदकारी नीति अवलम्बन गरेको गुनासो गरे । उनले सरकार सामुदायिक बन र राष्ट्रिय बनलाई संरक्षण सम्बद्र्धन गर्न लागेता पनि निजि बनलाई उपेक्षा गरेको गुनासो पोखे । कार्यक्रमका सहभागि कम्दि बन क्षेत्र संरक्षण समन्वय समिति कम्दिका संयोजक कर्ण बहादुर बि.क.ले लालपूर्जा नभएका तर भोगचलन गर्दै आएको जग्गामा निजि बन खोल्न पाउनु पर्ने बताए । कार्यक्रमका अर्का सहभागि जँग बहादुर गुरुँगले सबै मूल सडकहरुको छेउछाउमा बिरुवा रोप्नुपर्ने बताए । कार्यक्रमका सहभागिहरुका जिज्ञाशाहरुलाई सम्बोधन गर्दै जिल्ला बन कार्यालय बाँकेका प्रमुख जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेलले जिल्ला बन कार्यालय अव डिभिजन बन कार्यालयमा रुपान्तरण भई कार्य गर्ने बताए । उनले हरियाली प्रबद्र्धन, बन अतिक्रमण नियन्त्रण लगाएतका कार्यमा जिल्ला बन कार्यालय सक्रियताका साथ लागिरहेको बताए ।
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना बिहीबार, पुस १०, २०८२
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज बिहीबार, पुस १०, २०८२
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै बिहीबार, पुस १०, २०८२
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा बिहीबार, पुस १०, २०८२
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण बिहीबार, पुस १०, २०८२
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP