Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
Search Here
समाचार
  • Home
  • समाचार
  • असमझदारी बिच भत्काईयो संरचना
असमझदारी बिच भत्काईयो संरचना
admin123
admin123 बिहीबार, असार २८, २०७५
IMG_20180702_144754
नेपालगञ्ज/एउटै मन्त्रालयका दुई वटा कार्यालयहरु आपसमा लडिरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतका नेपालगञ्ज नागरिक उड्ययन कार्यालय र नेपाल बायु सेवा निगम बिच नेपालगञ्ज स्थित बिमानस्थल भित्रको जग्गाको बिषयमा लडाईं भईरहेको हो । जानकारी अनुसार, बिमानस्थल हाता भित्र ३ कठ्ठा ३ धुर जग्गामा निर्मित नेपाल बायु सेवा निगम पश्चिमाञ्चल क्षेत्रिय केन्द्र अन्र्तगतको ईञ्जिनियरिङ्ग भवनका बिषयमा बिबाद सृजना भएको हो । बिमानस्थल हाता भित्र आफ्नो जग्गामा हालको टर्मिनल भवन नवनिसकेको अवस्थामा नेपालगञ्ज नागरिक उड्ययन कार्यालयले तत्काल टर्मिनल भवन प्रयोजनका लागि बनाएको भवन बिना आधार नेपाल बायु सेवा निगमले प्रयोग गरिरहेको जनाउँदै खालि गर्न अल्टिमेटम दिँदा समेत बायु सेवा निगम बिगत ३५ बर्षदेखि प्रयोग गर्दैआएको बताउँदै खाली नगर्ने बताईए पछि उक्त संरचना कार्यालयले भत्काएको छ । कार्यालयले असार १७ गते नेपालगञ्ज उपमहानगरपालिका लगाएत सरोकारवालाहरुलाई एक पत्र लेखि बायु सेवा निगमले बिना आधार प्रयोग गरिरहेको जिर्ण संरचना भत्काई यात्रुहरुको सेवा सुबिधाका लागि नयाँ यात्रु प्रतिक्षालय, चमेना गृह निर्माण गर्नका लागि भवन खालि गरिदिन पटक—पटक अनुरोध र पछिल्लो पटक ७ दिनको समय दिई जानकारी दिँदा समेत अटेर गरेको र पूरानो भवन भत्काई नयाँ प्रतिक्षालय, चमेना गृह निर्माण गर्ने कार्यको लागि टेण्डर प्रकृया पूरा भईसकेको तथा केही दिनभित्रै निर्माण कार्य शुरु हुने भएकाले खालि गराउन लागेको जनाएको थियो । उसले नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रतिनिधि पठाईदिन माग गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट आवश्यक सहयोग मागेको थियो भने नेपाल बायु सेवा निगमलाई असार १८ उपस्थित भई सामानहरु जिम्मा लिन भनेको थियो । तर निगमले नेपाल बायु सेवा निगम पश्चिमाञ्चल क्षेत्रिय केन्द्र अन्र्तगतको ईञ्जिनियरिङ्ग भवन बिगत ३५ बर्ष अघि देखि आफ्नै लागतमा भवन निर्माण गरि निर्बाध रुपमा निगमले प्रयोग गर्दैआएकोमा एकाएक खाली गर्न भनि नागरिक उड्ययन कार्यालयले पत्राचार गरेको गुनासो गरेको थियो । निगमका निमित्त क्षेत्रिय प्रबन्धक किरणमान श्रेष्ठले सोही भवनबाट दैनिक उडान कार्य सञ्चालन गरि समस्त दुर्गम भेगका यात्रुहरुलाई सेवा गरिरहेको जनाउँदै भवन हटाएमा उडान सम्बन्धि सम्पूर्ण कार्यहरुमा अवरोध आउने जनाउँदै भवन खाली गराउने कार्य रोक्न सबै सरोकारवालाहरुलाई अनुरोध गर्दै बिभिन्न कार्यालयहरुमा जाँदै गर्दा कार्यालयले उक्त संरचना भत्काएको थियो । श्रेष्ठले उक्त जग्गा, भवन भोगचलनका लागि आवश्यक कागजातहरु आफुसँग सुरक्षित भएको बताएका छन् भने नागरिक उड्ययन कार्यालयका प्रमुख प्रताब बाबु तिवारीले निगमसँग कुनै प्रमाण नभएको बताउँदै कार्यालयसँग जग्गा, भवनको लालपुर्जा भएको बताएका छन् । यस बारेमा नेपालगञ्ज वडानम्बर २० का वडाध्यक्ष कृष्ण कार्की बर्षाैं देखि बायु सेवा निगमले भोगचलन गर्दै आएको जग्गा र भवन हचुवाका भरमा उड्ययन कार्यालयले खाली गराएको बताए । उड्ययन कार्यालय प्रमुख तिवारीका अनुसार, खजुराबाट राँझामा बिमानस्थल सर्दा अस्थाई टर्मिनलको रुपमा उक्त भवन कार्यालयले निर्माण गरेको र निगमले उक्त भवन प्रयोग गरेको थियो । त्यसबेला कुनै पनि अरु एअरलाईन्स नहुँदा बायु सेवा निगमले प्रयोग गरेको र पछि मोहियानी हकको रुपमा आफ्नो भनेर अडडि कसेको बताए । सप्रमाण उड्ययन कार्यालयको जग्गा र भवन भएको उल्लेख गर्दै तिवारीले यात्रुहरु चाप र आवश्यकतालाई मध्येनजर गर्दै प्राधिकरणको स्विकृत कार्यक्रम बमोजिम नयाँ संरचना निर्माण गर्न खोज्दा निगमले असहयोग गरेको बताए । कार्यालयले आफ्नो परिसरको संरक्षण र सम्बद्र्धन गर्ने कार्य गर्दछ, त्यहि बमोजिम जिर्ण उक्त भवन खाली गर्न चार पटक पत्राचार गर्दा समेत नहटाएपछि प्रशासन, प्रहरी र उपमहानगरपालिकाको रोहवरमा उक्त भवन भत्काईएको उनले बताए । अन्तिम पटक पनि भवन भत्काउँदा उपस्थित भई सरसामान बुझेर लैजान अनुरोध गर्दा समेत निगमका प्रतिनिधिहरु नआएपछि नियमानुसार सरसामानको लगत उठाई सरोकारवालाहरुको रोहवरमा भवन भत्काएको उनको भनाई छ । सबै एअरलाईन्सको ईञ्जिनियरिङ्ग युनिट सञ्चालनका लागि कार्यालयले कोठा उपलब्ध गराएको बताउँदै तिवारीले निगमलाई पनि अन्यत्र सो कार्यका लागि कोठा उपलब्ध गराउने बताएतापनि निगमले जिद्धि गरि अटेर गरेको बताए । सम्पत्ति अधिग्रहण गरेर बस्ने, हटाउन खोज्दा सेवा रोक्छौं भन्न कसैले पनि पाउँदैन —तिवारीले भने—बिकास बिरोधी कार्य हाम्रा लागि स्विकार्य छैन, प्रतिक्षालय र क्याण्टिनका लागि उक्त भवन भत्काएर नयाँ काम अघि बढिसक्यो ।  
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ०५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP