Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालगञ्जमा सामाजिक सद्भाव घर
नेपालगञ्जमा सामाजिक सद्भाव घर
admin123
admin123 शुक्रबार, जेठ २५, २०७५
IMG_20180523_185955
नमस्कार शाह नेपालगञ्ज/जहाँ समाजका सबै सदस्यको हितका पक्षमा काम गरिन्छ त्यहाँ सामाजिक सद्भाव हुन्छ । एकअर्कासँगको आबद्धताले विश्वास प्रवद्र्धन गरिदिन्छ । समाजमा एकता, भातृत्व र मित्रता कायम गर्नका लागि बिभिन्न प्रयासहरु भईरहेका हुन्छन् । कति प्रयासहरु संस्थागत र सरकारी तवरबाट हुन्छन् भने कतिपय प्रयासहरु व्यक्तिगत तवरबाट पनि हुन्छन् । प्रसंग समाजमा सहभाव अभिबृद्धिका लागि व्यक्तिगत तवरबाट नेपालगञ्जको मुक्तिपुर राधाकृष्ण टोलमा निर्माण भएको सामाजिक सद्भाव घरको हो । गैसस अगुवा कृष्णजँग शाहले आफ्नै घर भित्र सामाजिक सद्भाव घर निर्माण गरेका छन् । गैर सरकारी सँस्था गेरुवा ग्रामिण जागरण सँघ बर्दियाका संस्थापक शाहले केही बर्ष अघि बर्दिया जिल्लामा सामाजिक सद्भाव सम्बन्धि कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम सञ्चालन गर्दा आफुमा भएको सद्भाव बारेको आफ्नो बुझाई र अहोभावका कारण सामाजिक सद्भाव घर निर्माण गरेका उनले बताए । स्थायी घर बर्दिया भएका शाहले नेपालगञ्ज बसाई सरि नेपालगञ्जको मुक्तिपुरमा घर बनाए । घरको बाहिर दुई कोठे बाथ रुम बनाए । बाथ रुम माथिको ठाउँ खाली थियो । सोही ठाउँमा १ कोठे बैठक कक्ष बनाई सद्भाव घर बनाउने निधो गरे र त्यहि बमोजिम बनाए । उनका अनुसार २०७२ फाल्गुण २५ गते उक्त घर निर्माण गरिएको हो । आफ्नै परिकल्पना र डिजाईनमा घर निर्माण गर्दा अनुहर सेठले ग्रिल, राम कुमार थारुले पलस्टर, ईटा, डोरका थारुले ज्यामी, श्याम चिडिमारले घर रङ्गरोङ्गन, रतिराम चौधरीले बिद्युत, महेश गोडियाले पलम्बर, शकिल अहमदले काठ, बलिराम चौधरीले घर छुवाउने, राजु जसगढले कपडा, राज कुमार बर्माले टिन लगाउने, मुकेश जसगढले टायलको काम गरेका थिए । आफ्नो परिकल्पना भएता पनि सबैको सहयोगमा उक्त घर निर्माण भएकाले सबैको नाम र योगदान उल्लेख गरेर सद्भाव घर भित्र राखिएको शाहले बताए । सामाजिक सद्भाव कुनै अमुर्त कुरा होईन, स—सानो कुराले पनि सद्भाव अभिबृद्धि हुन्छ, मैले कुनै ठूलो काम गरेको होईन—शाह भन्छन्—आफ्नो अभिरुचि अनुसार सानो प्रयास गरेको हुँ । सद्भाव आफैमा पवित्र शव्द हो, यो शव्द सुनेरै धेरै व्यक्तिहरु सकारात्मक हुन्छन् । उक्त घर भित्र प्रबेश गर्दा पनि धेरैको मन आनन्दित हुन्छ । घर भित्र रहेको आकर्षक बगैंचा, बिभिन्न जात, जातिका फलफुल, बिभिन्न जातका कुखुराहरुले मिनि जु र पार्कको झल्को दिन्छ । १० देखि १५ जना अट्ने क्षमता भएको सद्भाव घरमा नियमित भेटघाट गर्ने गरिएकोछ । शाहका अनुसार, हरेक शुक्रवार बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रण गरि भलाकुसारी गर्ने गरिएको छ । हरेक व्यक्ति आ-आफ्नो काममा व्यस्त छन्, कसैलाई फुर्सद छैन-शाहले भने- नियमित भेटघाट गर्ने, कुराकानी गर्ने, आफ्ना कुराहरु आदान-प्रदान गर्ने कुनै थलो पनि नभएको अवस्थामा मैले यो अवधारणा ल्याएको हुँ । बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितीमा हुने भलाकुसारीको सबै खर्च उनले आफै व्यहोर्दै आएकाछन् । बैशाख ५ गते मात्र शाहले उक्त घरमा एक अस्पताललाई करोडौंको सम्पत्ति दान गर्ने महापुरुष श्रीजँग शाहलाई आमन्त्रण गरेका थिए । जसमा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुले सहभागिता जनाएका थिए । पुख्र्याैलि घर जाजरकोट भएका शाहले सद्भाव घरको भित्तामा जाजरकोटका बिभिन्न पर्यटकिय स्थान तथा ऐतिहाँसिक व्यक्तित्वका तस्विरहरु राखेका छन् भने मनोरञ्जन र सूचनाका लागि साउण्ड सिस्टम पनि जडान गरेका  छन् । त्यस्तै भित्ताका वरिपरि बिभिन्न र्याकहरुको व्यवस्था गरिएको छ, जहाँ बिभिन्न किसिमका फलफुल र खाने बस्तुहरु राख्ने गरिएको छ । जहाँ धेरै व्यक्तिहरु खुलेर प्रस्तुत हुन्छन् । व्यक्तिगत तवरबाट उक्त घर निर्माण भएता पनि अहिले सो घर सार्वजनिक जस्तै भएकोछ । जहाँ बिभिन्न क्षेत्रका व्यक्तिहरु अहिले उक्त घर हेर्न पुग्ने गरेका छन् । केही महिना अघि मात्र युएनडिपिको सामाजिक सद्भाव तथा लोकतान्त्र्रिक सहभागिता कार्यक्रमका परियोजना संयोजक शतिष पाण्डे उक्त घर अवलोकनका लागि पूगेका थिए । उक्त घरबाट प्रभावित भएका पाण्डेले उक्त प्रयासलाई व्यक्तिगत तवरबाट भएको सर्बाेत्कृष्ट पहलको संज्ञा दिए । नेपालगञ्ज उपमहानगरपालिकाकि उप—प्रमुख उमा थापा मगरले उक्त घरको अवलोकन पछि आफ्नो घरमा सोही प्रकारको घर बनाउने सोच बिकास भएको बताईन् । उक्त घरमा गईसकेपछि फरक खालको सकारात्मक अनुभुति भएको बताउँदै उनले भनिन्— यस्तो प्रयासले समाजलाई एकताको शुत्रमा बाँध्ने काम गर्छ । उक्त घरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा लगाएतका बिशिष्ठ व्यक्तित्वहरु पूगिसकेका छन् । आफ्नो सानो प्रयासलाई सबैले रुचाईदिएकोमा शाह खुसी छन् भन्छन्—बास्तवमा सबैसँग नियमित भेटघाट र अन्र्तक्रिया भयोे भने धेरै कुरा राम्रो हुन्छ । शाहकी अर्धाङ्गिनी बाँकेकी महिला बिकास अधिकृत शोभा शाह घेटघाट, सम्बन्ध बिस्तारका लागि व्यक्तिगत अभिरुचिका कारण घर निर्माण गरिएको बताउँछिन् । शाहले उक्त घर भित्र सद्भाव घर मात्र बनाएका छैनन् चरा (पन्छि) संरक्षण केन्द्र समेत निर्माण गरेका छन् । जहाँ बिभिन्न जातीका लोपन्मुख चराहरु संरक्षण गरेर राखिएकोछ । यसैगरी शाहले घर भित्र आफ्नो पुख्ख्र्याैली, बंशावलि लगाएतका ईतिहास समेत संकलन गरि राखेका छन् । यसरी व्यक्तिगत रुपमा भएको यस्तो पहलबाट समाजमा नकारात्मक सोचको अन्त्य हुँदै सकारात्मक सोचको बिकास हुने बिश्वास गर्न सकिन्छ भने समाजलाई बिभाजित गर्ने बिभिन्न प्रयासहरु यस्ता प्रयासबाट बिस्थापित हुने आशा गर्न       सकिन्छ ।              
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP