Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलाई पदको लोभ छैन — सपना
मलाई पदको लोभ छैन — सपना
admin123
admin123 आइतबार, वैशाख ३०, २०७५
download (17)
नारी कल्याण संस्था नेपालगञ्जमा आबद्ध भएर सामाजिक कार्यको शुरुवात गरेकि सपना भट्टराई गैर नारी कल्याण संस्था नेपालगञ्जमा आबद्ध भएर सामाजिक कार्यको शुरुवात गरेकि सपना भट्टराई गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाको कार्यवाहक अध्यक्ष हुन् । नारी कल्याणकी अध्यक्ष किरण कोईरालाको प्रेरणा र आग्रहबाट सामाजिक संस्था नारी कल्याणमा २००० उनी आबद्ध भएकि हुन् । शुरुवात देखिनैं कार्यक्रम सञ्चालन गर्ने, प्रतिबेदन लेख्ने जिम्मेवारी पाएकि भट्टराई मानविय सेवाबाट प्रभावित, जागिरे स्वभावबाट प्रभावित भएर त केही स्वार्थी भावनाबाट ओतप्रोत भएर गैसस अभियानमा धेरैजसो लाग्ने गरेको बताउँछिन् । मानविय सेवा भावले आएका व्यक्तिहरु लामो समय गैसस अभियानमा संलग्न हुने गरेको र गलत मनसायले आएका व्यक्तिहरु गैससमा लामो समय टिक्न नसकेको अनुभभव सपनासँग छ । राम्रो उद्धेश्यले स्थापित भएका संस्थाहरु संस्थागत रुपमा अघि बढेकाछन् —उनी भन्छिन्—जसको उद्धेश्यनैं नराम्रो छ, त्यस्ता व्यक्तिहरुले सञ्चालन गरेका संस्थाहरु हराएर गएकाछन्, रहेता पनि समाजमा बद्नाम भएर रहिरहेकाछन् । २०६१ साल देखि फातिमा फाउण्डेसनमा आबद्ध भएकि सपना हाल नारी कल्याण समाजको सल्लाहकारको भूमिकामा छिन् । उनले जीवनमा कुनैपनि गैससमा तलबि कर्मचारीको रुपमा काम गरिनन् न त नेतृत्वको मूख्य पदमैं बसिन् । फातिमा फाउण्डेसनमा सचिब, अभियान नेपालमा सचिव, मानव अधिकार तथा सुचना अनुसन्धान केन्द्रमा महासचिवको रुपमा कार्यरत छिन् । गैर सरकारी संस्था महासँघ बाँकेमा पनि उनी उपाध्यक्षको जिम्मेवारीमा थिईन् अध्यक्ष प्रमोद रिजालले स्थानीय तहको निर्वाचनताका राजिनामा दिएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गरिरहेकि छिन् । उनी भन्छिन्— म समूह कार्यमा बिश्वास गर्ने व्यक्ति हो ।, मलाई मूख्य पदको लोभ कहिल्यै भएन, जहिले मूख्य पदमा रहेकाहरुलाई सघाउने काम गरिरहेकोछुँ । घरमैं बसेर पनि महिनाको ६/७ वटा घरेलु तथा महिला हिंसाका मुद्घाहरु हेर्ने गरेको, घरबाटै उहाँहरुलाई सल्लाह, सुझाब दिनुका साथै सम्बन्धित निकाए सम्म सिफारिस गर्ने, पहल गर्ने गरेको उनी बताउँछिन् । नेतृत्वको लागि मरहत्ते गर्ने प्रबृत्ति आफूमा नभएतापनि गैसस महासँघको नेतृत्वमा आफू पूगेको बताउने उनी नाजुक अवस्थामा रहेको महासँघलाई मजवुत र सवल कसरी बनाउने भन्ने अभियानमा लागेको उनी बताउँछिन् । स्थानीय संघ, संस्थाहरुका समस्याहरुलाई कसरी समाधान गर्ने, गैससहरुको क्षमता अभिबृद्धि कसरी गर्ने भन्ने बिषयमा घनिभुत छलफल गरिरहेको उनको भनाईछ । स्थानीय तहको निर्बाचनका बेला गैसस महासँघ नेपालले एउटा महत्वपूर्ण निर्णय गर्यो  — महासँघको बिभिन्न जिम्मेवारीमा रहि स्थानीय तहको निर्वाचनमा उम्मेद्धारी दिनुपूर्ब राजिनामा दिनुपर्ने भनेर । जुन निर्णय अनुरुप गैसस महासँघ मातहतका शाखाहरुले कार्यान्वयन गरे । यस निर्णयलाई सपना साहसिक र आवश्यक निर्णय भन्छिन् । हरेक गैससको बिद्यान राम्रो हुन्छ, उद्धेश्य पनि त्यहि अनुरुप राम्रा हुन्छन् तर कार्यान्वयनमा बिभिन्न प्रकारका समस्याहरु देखिन्छन् —उनले भनिन् —बिद्यानमा नाफामूलक, गैर पारिवारिक, गैर राजनीतिक संसथा हुनेछ भनि लेखिएको हुन्छ, यो कुरालाई धेरै गैससले कार्यान्वयन नगर्नु, सरकारी निकायले पनि नियमन नगर्नु दुःखद कुरा हो । गैससका समस्याहरु बारे उनी भन्छिन्—अन्तराष्ट्रिय गैससहरुमा परनिर्भरता,  नियमनको अभाव, चरम राजनीति, उद्धेश्य कार्यान्वयको अभाव, पहुँचवाला गैससहरुका कारण साना गैससहरुको स्रोत माथिको पहुँचको अभाव, पूरानो गैसस दर्ता ऐन, एकद्धार प्रणालीको अभाव, सरकारी निकायले गैससहरुलाई हेर्ने नकारात्मक हेराई गैससका महत्वपूर्ण समस्या हुन् । सहयोग पनि नगर्ने, नियमन पनि नगर्ने कतै कतै त प्रतिष्पर्धीको रुपमा पनि सरकारले गैससहरुलाई हेरेको पाईन्छ—उनले भनिन्—गैससहरु त सरकारका सहयोगी मात्रै हुन्, यो कुराको साझा बुझाई हुन सकिरहेकोछैन, गैसस परिवर्तन र बिकासका सम्बाहक हुन् भन्ने कुरा अव सबैले बुझ्न आवश्यक छ । — असल शासन प्रतिनिधि
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग आइतबार, भदौ १, २०८२
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल शुक्रबार, साउन ३०, २०८२
अबुधाबीमा वैधानिकीकरण सेवा नियमित बनाइँदै
अबुधाबीमा वैधानिकीकरण सेवा नियमित बनाइँदै बिहीबार, साउन २९, २०८२
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै बिहीबार, साउन २९, २०८२
सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र
सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र बुधबार, साउन २८, २०८२
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’ मंगलबार, साउन २७, २०८२
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP