Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ढुकुटी खोलियो, आशँका उब्जियो
ढुकुटी खोलियो, आशँका उब्जियो
admin123
admin123 सोमबार, चैत १२, २०७४
download
Hardik health
मन भण्डारी नेपालगञ्ज/ नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिर यो क्षेत्रकै बहुचर्चित र पुरानो मन्दिर हो । धार्मिक हिसाबले मात्रै होईन आर्थिक रुपमा पनि धनि मानिएको सो मन्दिरको नाममा रहेका पुराना ढुकुटी खोलिएपछि सबैको खुलदुलि मेटिएको    छ । मन्दिरको नाममा रहेका ति ढुकुटी भित्रको सम्पत्ति एकिन गर्न ४५ बर्ष लागेकोछ, बुधबारमात्रै उक्त ढुकुटी खोलीएको थियो । उक्त ढुकुटी भित्र धेरैको संख्यामा सुन, चाँदि लगाएतका बहुमुल्य सम्पत्ति रहेको आँकलन गरिएको भएपनि जिर्ण अवस्थामा रहेका बाकसमा भने २ तोला सुन र २० किलो ३ सय ४ ग्राम चाँदीका माला, देबिदेबतालाई ओढाउने छाला बाघ तथा लक्ष्मिका साना मुर्ति मात्रै भेटिएका छन् । यसका साथमा बाकस भित्र नयाँ बोरी, कोकाकोलाको कार्टुन र रिचार्जकार्ड समेत भटिएका छन् । खोलिएका बाकसमा आँकलन गरिए भन्दा फरक सामान भेटिनुले सबैमा शंका उपशंंका उब्जिएको छ । लामो समयदेखि मालमोत कार्यालयमा बेवारीसे अवस्थामा फालिएका दुईवटा बाकस बुधबार सबैको रोहबरमा खोलिएको थियो । एउटा सानो र एउटा ठुलो गरि दुई वटा बाकसमध्ये ठुलो बाकसमा मन्दिरलाई दान गरिएको जग्गाको कागज पनि भेटिएको छ भने सानोमा केही गहना फेला परेको बागेश्वरी गुठि ब्यवस्थानि समितीले जनाएको छ । यसअघि २०२९ सालमा बागेश्वरी मन्दिरको गहना एकिन गरिएको बुझिएको छ । करीब ५ दसक पछि ढुकुटी खोल्दा अभिलेख भन्दा कम सम्पत्ति भेटीएको अधिकारकर्मीहरु बताउंछन् । बागेश्वरी मन्दिरको नाममा रहेको सम्पत्तिको संरक्षण ब्यवस्थापनको माग गर्दै अधिबक्ता लोक बहादुर शाह र बल बहादुर चन्दले पुनराबेदन अदालत नेपालगन्जमा रिट दायुर गरेका थिए । बुधबार बाकस खोलेपछि भेटिएका र २०२९ सालको अभिलेखमा उल्लेख भए अनुसारको सम्पत्तिको बिवरणको अध्ययन भइरहेको बताईएकोछ । ५ दशकअघिको अभिलेखमा यो भन्दा बढि गहना उल्लेख भएको देखिन्छ । बागेश्वरी मन्दिरको २०२९ साल मंसिर ८ गतेको अभिलेखमा सिंह मुर्ति बनेको डिब्बा चाँदी ८३ को थान २, खम्बा बनाईएको चाँदी तोला १२० को थान २, भैरव गरुड चाँदी तोला १६५ को थान २, करुवा चाँदी तोला ४७ को थान १, बत्ती बाल्ने पानस चाँदी तोला ४८ को थान १ बत्ती बाल्ने आरती तोला १३ को थान १, बाघको मुर्ति चाँदी तोला २३ को थान २ गहना रहेको उल्लेख छ । तर बुधबार खोलिएको बाकसमा २ तोला सुन र २० किलो ३ सय ४ ग्राम चाँदीका माला मात्र भेटिनुले सम्पत्तिको अनियमितता भएको बुझिन्छ । ४५ बर्षको अबधिमा गहना बढ्नुपर्नेमा घटेपछि चोरी भएको शंका गरिएको छ । मालपोत कार्यालयममा अलपत्र अवस्थामा रहेको मन्दिरको ढुकुटी ५ दशकपछि खोलिएपछि सर्वसाधारणको चासो मेटिए पनि अनियमितताको शँका बढेर गएको छ । उच्च अदालत बार नेपालगञ्ज इजलासको आदेशमा बागेश्वरी गुठि व्यवस्थापन समितीले ढुकुटी खोलेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख तथा व्यवस्थापन समितीका अध्यक्ष डा. धबलशमशेर राणा, जिल्ला स्थित सरकारी अधिकारी, कानुन व्यवसायी र सञ्चारकर्मीको बाक्लो उपस्थितीमा नेपागगञ्ज उपमहानगरपालिकाको प्रमुख डा. राणाले ढुकुटी खोलेका थिए । उच्च अदालत नेपालगञ्ज इजलासले मन्दिरको नाममा रहेको चल अचल सम्पती पारदर्शी र व्यवस्थीत गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखको संयोजकत्वमा एक समिति गठन गरेपछि सम्पती एकिन गर्न थालिएको छ । भक्तजनहरुले बागेश्वरी मन्दिरमा सुन र चाँदीका मुर्ति चढाउने परम्परा छ । त्यसको अभिलेख समेत मन्दिर व्यवस्थापन समितिसंग छैन । दशै, शिवरात्री लगायत बिभिन्न चाडपर्वमा हजारौं भक्तजन भाकल गर्न र भेटी चढाउन आउँछन् । मन्दिरको चारैतिर करीब ५० वटा व्यावसायिक सटर छन् । पुरानो विवरण र हालको सम्पतिको विवरणमा तालमेल नखाँदा सम्पतिको छानबिन कार्य थालनि गर्ने जनाइएको छ । धर्मसंग जाडिएको बिषयमा सबैले हेक्का राख्न जरुरी छ ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०७४  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने सोमबार, असोज ६, २०८२
मिथिलामा ‘दशहारा’ पर्वको रौनक
मिथिलामा ‘दशहारा’ पर्वको रौनक सोमबार, असोज ६, २०८२
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने सोमबार, असोज ६, २०८२
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता सोमबार, असोज ६, २०८२
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सोमबार, असोज ६, २०८२
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी सोमबार, असोज ६, २०८२
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP